#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626390137389930432892846713
नेपाल157281344220

कोरोनाको संक्रमणबाट बच्न उद्योगीले थाले आ–आफ्नै प्रयास

काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइरससँग लड्न उद्योगी तथा व्यवसायीहरुले आ–आफ्नै प्रयास थालेका छन् ।

पछिल्लो समय नेपालमा पनि कोरोना देखिइसकेकाले उद्योगी/व्यवसायीहरुले आ–आफ्नो स्थानबाट बच्ने उपायहरु अपनाउन थालेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘हामीले सकेसम्म आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मनसायले काम गरेका छौँ ।’ महासंघले कोरोना भाइरसको संक्रमणबाट बच्न युनिसेफसँग मिलेर काम गरिरहेको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ । यसअघि महासंघले सरकारलाई मास्क पनि वितरण गरिसकेको छ । त्यस्तै, महासंघले मुलुकभरी रहेका महासंघ अन्तर्गतका सबै शाखाबाट कोरोना भाइरसको संक्रमण विरुद्ध प्रचारप्रसार गरिरहेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्सले पनि सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ । अत्यावश्यक उद्योगहरु र दैनिक उपभोग्य वस्तु ल्याउन यातायात चलाउनु पर्ने चेम्बरको माग छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई दिनपछि ५०/६० हजारका दरले मास्क उत्पादन हुने पनि बताए । व्यवसायी दीपक मलहोत्राको संयोजकत्वमा मास्क उत्पादन सुरु गरेको तथा ती मास्क बजारमा ५ रुपैयाँमै उपलब्ध हुने अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी, उद्योग परिसंघले पनि सबै खालका सुरक्षाका उपायहरु अपनाउन भनेको छ । ‘हामीले कोरोना भाइरस न्युनिकरणका लागि हदै सम्म सुरक्षाका लागि काम गरेका छौँ ।’ परिसंघ अध्यक्ष सतिशकुमार मोरले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार