#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334926431005056768588424801703
नेपाल747454811962454640

सीमानाका बन्ददेखि कोरोना भाइरस सम्बन्धी भ्रमसम्म(भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचार मध्ये सोमबारदेखि भारत र चीनतर्फका सीमानाका एक सातासम्मका लागि बन्द हुने भएको छ । आईतबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मुलुकतर्फको सीमानाका चैत १० गते बिहान १० बजे देखि १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा एक जनामा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सबाट गत चैत्र ४ मा नेपाल आएकी १९ वर्षिय युवतीमा काेराेना पोजेटिभ देखिएकोे हो । ती युवतीमा काेराेना संक्रमण देखिएको सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पुष्टि गरेका हुन् ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनलाई घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो ।

हिरा लुटेर भाग्दै गर्दा प्रहरीको सिआरभी टोलीका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेल, प्रहरी जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत रहेका छन् ।

त्यस्तैगरी सामाजिक सञ्जालमा अनावश्यक म्यासेज रेकर्ड वा लेखेर भ्रम फैलाउनेहरुबाट सचेत हुन सरकारले नागरिकलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा कोरोना सम्बन्धी अनावश्य भ्रम फैलिएकाले सरकारले त्यस्तो आग्रह गरेको हो । पछिल्लाे समय नेपालमा कोरोना संक्रमणबाट निधन भएको, नेपाली सेनाले हेलिक्टरबाट औषधी छर्ने लगायतका भ्रम फैलाइएको थियो ।

सम्बन्धित समाचारहरु