युएनका महासचिवलाई मुद्दा ध्यानाकर्षण गराउन माओवादीका पूर्व बाल लडाकुले प्रदर्शन गर्ने

युएनका महासचिवलाई मुद्दा ध्यानाकर्षण गराउन माओवादीका पूर्व बाल लडाकुले प्रदर्शन गर्ने


माओवादीका पूर्व बाल लडाकुहरुले आज प्रदर्शन गर्ने भएका छन्। माओवादी सशस्त्र विद्रोहमा संलग्न गराईएका पूर्व बाल लडाकुहरुले आफूहरुमाथी ‘युद्ध अपराध’ गरेको तर न्याय नदिएको भन्दै आज काठमाडौँमा प्रदर्शन गर्न लागेका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने दिन पारेर उनीहरुले सो प्रदर्शन गर्न लागेका हुन्।

‘संयुक्त राष्ट्र संघमा महासचिवलाई हाम्रो मुद्दाका बारेमा जानकारी गराउनका लागि आज काठमाडौँमा प्रदर्शन गर्न लागेका छौँ,’ बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले भने,‘पूर्व बाल जनमुक्ति सेनाको मुद्दा सम्बोधन गराउनका लागि र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि उक्त प्रदर्शन गर्न लागिएको हो।’ उनका अनुसार ११ बजेदेखी बबरमहल क्षेत्रमा सो समुहले प्रदर्शन गर्नेछन्।  

महासचिव गुटेरेसले आज ४ बजे संघीय संसदको सयुक्त बैठकलाई विशेष सम्बोधन गर्दैछन्। चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन्। 

Logo