एडिबीले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि १३ अर्ब ऋण उपलब्ध गराउने

एडिबीले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि १३ अर्ब ऋण उपलब्ध गराउने


एसियाली विकास बैंक (एडिबी) बैंकले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। 

आज एडिबी र नेपाल सरकारबीच अर्थ मन्त्रालयमा ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

नेपाल सरकार र एसियाली विकास बैंकको तर्फबाट एडीबीका नेपाल निर्देशक अर्नाउड काउचोइस र  त्यसैगरी आयोजना सम्झौतामा स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरतप्रसाद अर्याल, पाँच प्रदेशका सचिव रमेशकुमार सिंह, अमृत श्रेष्ठ, शंकरप्रसाद पण्डित, सुनिल पौडेल र विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । 

यस्तै, अर्थ सचिव डा. पुष्करले, सडक जडान सम्बन्धी प्रस्तावित सहायताले ग्रामीण समुदायहरू, उत्पादनशील कृषि क्षेत्रहरू र सामाजिक–आर्थिक केन्द्रहरू बीचको ग्रामीण सडकको अवस्था सुधार तथा सडक प्रयोगकर्ताहरूको क्षमता अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे । 

प्रस्तावित सहायताले जुनसुकै मौसममा चल्न सक्ने ग्रामिण सडक संजालको विकास र मर्मतमा रुपान्तरणकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ग्रामीण समुदाय जलवायु परिवर्तनको प्रभाव जस्तै बाढी र पहिरोको बढ्दो आवृत्ति र तीव्रताले सडकलाई क्षति पु¥याउने जस्ता जोखिममा छन्, यस सन्दर्भमा यो परियोजनाको स्थापनामा ठूलो सान्दर्भिक र महत्व छ र ग्रामीण क्षेत्रहरूमा समावेशीकरण र वृद्धिलाई प्रवर्द्धन गर्न वर्षभरी जडान कायम गर्ने छ ।’

उनले एसियाली विकास बैंकले नेपालको सामाजिक आर्थिक विकासमा दिर्घकालिन र निरन्तर सहयोग गरेकोमा प्रशंसा पनि गरेका छन् ।

नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले एडिबीको ऋणले नेपालको सात प्रदेशमध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘एडिबीको ऋणले नेपालको सात प्रदेशमध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

Logo