मलेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा, कुशलको सानदार ब्याटिङ

मलेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा, कुशलको सानदार ब्याटिङ


घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको सानदार जित दर्ता गर्दै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टियु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा मात्रै ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले सानदार अर्धशतक पारी खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकाको मदतमा ६५ रन जोडे । 

यसअघि नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यसपछि ११औं ओभरको चौथो बलमा अर्का ओपनर आशिफ शेख २३ बल खेल्दै २ छक्का र १ चौकाको मदतमा ३२ रन जोड्दै आउट भए ।  कप्तान रोहितकुमार पौडेल ८ बल खेल्दै २ रनमा क्याच आउट भए ।  सन्दीप जोरा १८ रनमा नटआउट रहे । 

बलिङमा मलेसियाका मुहम्मद अमिरले ३ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले  ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३र१३ रन बनाए । 

बलिङमा नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भने आज विकेटविहीन रहे । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । अब समूहको अन्तिम नेपालले ओमानसँग खेल्नेछ । 

Logo