#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16752571014841201907371866
नेपाल9081

‘बैकिङ प्रणालीमा ५३४ अर्ब, नोट अभाव छैन’ -राष्ट्र बैंक

काठमाडौँ ,
नेपाल राष्ट्र बैंकले बजारमा नोटको अभाव नहुने जनाएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण त्रासमा रहेका ग्राहकले एटिएमको माध्यमबाट धमाधम पैसा निकाल्न थालेपछि बजारमा नोटको अभाव हुने आँकलन गरिएपनि अभाव हुन नदिने राष्ट्र बैंकको भनाइ छ । बजारमा नोटको अभाव हुन सक्ने भन्दै वाणिज्य बैंकहरुले दैनिक ३ अर्बका दरले नोट लगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले भने,-‘३/४ दिनभित्र दैनिक ३ अर्बका दरले बजारमा पैसा गएको छ ।’ भोलि केही समस्या आयो अथवा पैसाको अभाव भयो भने लिन जान सक्ने अवस्था नहुने भन्दै बैंकहरुले बढी मात्रामा पैसा लगेको उनले बताए । ‘तत्काल बजारमा नोटको अभाव छैन, डराउनुपर्ने अवस्था छैन ।’ कामु गभर्नर शिवाकोटीले केन्द्रबिन्दुसँग भने । उनका अनुसार बैकिङ प्रणालीमा यतिबेला ५३४ अर्ब रहेको र नोटको अभाव नहुने भएकाले उपभोक्ताहरुले आत्तिनु पर्ने अवस्था छैन ।

अहिले राष्ट्र बैंकले मोबाइल बैंकिङ, एमएमएस बैंकिङ, एटिएम, आरटीजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) लगायतका डिजिटल बैकिङको शुल्क हटाएको छ । बैंकमा हुने भीडभाड कम गर्न तथा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले सबै प्रकारका डिजिटल बैंकिङको शुल्क हटाएको शिवाकोटीले बताए ।

सरकारले मंगलबारदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ । सरकारले यस्तो निर्णय गरेसँगै बैंकका अधिकांश शाखाहरु बन्द भएका छन् । तर सेवा भने रोकिएको छैन । एटिएमहरु खुल्ला अवस्थामा रहेकाले आम जनतालाई अप्ठ्यारो नपर्ने कामु गभर्नर शिवाकोटीको भनाइ थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार