काठमाडौं ।
नेपाली कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई फैलन नदिन नेपाल सरकारले लिएको लकडाउन गर्ने निर्णयको स्वागत गरेको छ । कांग्रेसले यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई अनुरोध पनि गरेको छ ।
कांग्रेसले आफ्ना सांसदका १५ दिनको तलब सरकारले खडा गरेको सहयोग कोषमा दिने निर्णय गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसले यस्तो बताएको हो ।
कांग्रेसले लकडाउनको अवस्थामा श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएकाले सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।