#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16772981015791202780372939
नेपाल9081

लकडाउनसँगै सबै उधोगहरु बन्द, सुनको कारोबार पनि एकसाता पछि मात्रै

काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले मुलुक लकडाउन गरेपछि उद्योगहरु बन्द भएका छन् ।

सडकमा कुनै पनि सवारीका साधन सञ्चालन नहुने र कर्मचारीहरु आवातजावात गर्न नसक्ने भएपछि उद्योगी तथा व्यवसायीहरुले धमाधम उद्योग बन्द गरेका हुन् ।

सरकारले मङ्गलबारबाट लकडाउन गरेपछि उद्योगीले सोमबार बेलुकाबाटै कर्मचारीलाई बिदा बस्न भनिसकेका छन् । कर्मचारी जोखिममा नपरुन भनेर उद्योगीले उद्योग बन्द गराएका हुन् ।

‘विश्व नै कोरोनाको महामारिमा परेको र नेपाल पनि यसको सङकटमा परेकाले सरकारलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो , व्यवसायी दिपक मलहोत्राले भने । उनले भने, ‘सरकारलाई हामीले सहयोगका लागि सम्पूर्ण कलकारखाना बन्द गराएका हौं ।’ कतिपय उद्योगीले मुलुक लकडाउन हुनुपूर्व नै आफ्नो उद्योग बन्द गराएर कर्मचारीलाई बिदा दिइसकेका थिए ।

यसैबीच कोरोना प्रभावकै कारण दैनिकजसो उतार चढाबमै रहने गरेको सुन बजार पनि  एक हप्ताका लागि बन्द भएको छ । सरकारको लकडाउनसँगै कारोबार नहुने गरि बन्द भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार