रेमिट्यान्सले नधानेको भए देशमा भोकमरी लागिसक्थ्यो -अर्थविद् नरबहादुर थापा [भिडियाेसहित]

रेमिट्यान्सले नधानेको भए देशमा भोकमरी लागिसक्थ्यो -अर्थविद् नरबहादुर थापा [भिडियाेसहित]


वर्तमान परिपेक्ष्यको/अहिलेको देशको अर्थतन्त्रलाई यहाँ कसरी विश्लेषण गर्नुहुन्छ ?
-गत वर्षको तुलनामा आयातमा देखिएको केही सुधारबाहेक नेपाली अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिँदैनन् । निजी क्षेत्रमा जाने बैंक कर्जाको बृद्धिदर, सरकारले परिचालन गर्ने राजश्वको स्थिति, पुजीँगत खर्च लद्युवित, सहकारीको समस्या, दातृ निकाय, वैदेशिक सहयोगमा आएको कमी, बजारमा खरीद बिक्रीमा देखिएको कमीलगायतका कारण अर्थतन्त्र सकारात्मक देखिँदैन। यी सबै सूचकहरुले अर्थतन्त्र मन्दीमा गएको स्पष्ट देखाउँछ ।

प्रशस्त मात्रामा रेमिट्यान्स भित्रिएकाले देशलाई चल्न सजिलो भएको छ । तर नेपालीहरुले नेपालमै काम पाउने, निर्यात बढ्ने, व्यवसाय चलेको स्थिति भने अहिले छैन । रेमिट्यान्सबाट आएको पैसाले नेपाललाई धानिरहेको छ । 

अर्थतन्त्रमा देखिएको अहिलेको समस्याले देशलाई आर्थिक संकटतिर धकेल्छ ?
-यसले ठूलो आर्थिक संकट त निम्त्याउँदैन । विदेशी विनिमय सञ्चिती नभएर सरकारले विदेशी ऋण, कर्चा प्रदार्थ, पेट्रोलियम प्रदार्थ, औषधीमूलोलगातयका अतिआवश्यक वस्तुको आयात रोकिने अवस्था अहिले छैन । प्रशस्तमात्रामा रेमिट्यान्स भित्रिएकाले देशलाइ चल्न सजिलो भएको छ । तर नेपालीहरुले नेपालमै काम पाउने, निर्यात बढ्ने, व्यवसाय चलेको स्थिति भने अहिले छैन । रेमिट्यान्सबाट आएको पैसाले नेपाललाई धानिरहेको छ ।जुन–जुन परिवारका सदस्यहरु विदेशमा काम गरिरहेका छन् ।उनीहरुका घरपरिवारलाई साझँ–बिहान खान पुगिरहेको छ । जहाँ रेमिट्न्यास पुग्दैन त्यस क्षेत्र र परिवारलाई भने अझैँ केही वर्ष गाह्रो रहने देखिन्छ ।

अहिले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार्न सरकारले के गर्नुपर्ला ?
-अहिले अर्थतन्त्रमा देखिएको समस्या सुधार्न सरकारले सबैभन्दा पहिले नीतिगत, आर्थिक, संरचनागत सुधारको साथै बाह्रय लगानीमा बृद्धि गर्न आवश्यक छ । निजि क्षेत्रको विकासमा सरकारले  सहज वातावरण बनाइदिन पनि आवश्यक छ । साथै तीनै तहका सरकारले जतिसक्दो खर्चमा बृद्धि गर्न आवश्यक छ । जुन–जुन सरकारसँग खर्च छ त्यो सरकारले खर्च गर्ने केन्द्रीय सरकारले राष्ट्र बैंकसँग ओभर ड्राफ्ट लिएर भएपनि खर्च गर्नुपर्ने देखिन्छ । ठेकेदार , निमार्ण व्यवसायीहरुको बाँकी रहेको भुक्तानी चुक्ता गर्ने। भूतपूर्व प्रहरी, शिक्षकहरुको चौमासिक पेन्सन पनि दिने । साथै क्षतिपूर्ति निर्क्यौल भाको पूर्वाधार निमार्णमा दिनुपर्ने क्षतिपूर्ति भुक्तानी गर्ने लगायतका कार्य गर्ने हो भने अर्थतन्त्र चलायमान हुन्छ ।

यसो गर्नाले ठेक्का पट्टाले काम गर्न थाल्छ, अनि देश अगाडि बढ्छ । सरकारले ठेकेदार , पूर्व कर्मचारीहरुको पेन्सन भत्ता नदिदा समस्या देखिएको हो ।सरकारले यस्ता कुराहरुमा ध्यान दिने  हो भने अहिलेको स्थितिमा सुधार आउँछ । सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा नगर्दा पनि अर्थतन्त्रमा अहिलेको समस्या देखिएको हो ।

विगतका सरकार जस्तै यो सरकार पनि देशको अर्थतन्त्र सुधार्नबाट चुकेको हो ?
-सरकारले आर्थिक क्षेत्रमा सुधारमा नीतिगत पहलकदमी चालेको देखिँदैननिजि क्षेत्रको लगानी प्रर्वद्धन गर्ने, उत्पादन बढाउने लगायतका पक्षमा कुनै अध्ययन अनुसन्धान  र नीतिगत पहलकदमीमा लागेको छैन । त्यसकारण अर्थतन्त्र सुधारमा सरकारका कमी–कमजोरीहरु देखिएका हुन् ।

बजारमा यस्तो अवस्था सिर्जना हुनुको मुख्य कारण सरकारले असारमै निमार्ण व्यवसायीलाई दिनुपर्ने ६० अर्ब भुक्तानी नदिनु पनि हो । ठेकेदारले पैसा नपाउँदा होटलमा ज्याला, सिमेन्ट रडलगायतका सामाग्रीको भुक्तानी गर्न सकेन । 

अहिले नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले मात्र धानेको छ ?

-नेपाली युवाहरु विदेशी अर्थतन्त्रसँग जोडिएको कारणले भोकमरी नलागेको हो । होइन भनेर यतिबेला खान नपाएर मान्छेहरु लुटपाटमा उत्रिने अवस्था सिर्जना भइसक्थ्यो । देशमा रोजगारीको अवसर छैन् । अर्थतन्त्र मन्दीमा गएको कारण निजि क्षेत्रलाई ठूलो असर परिहेको छ । सञ्चारमाध्यम लगायत अन्य क्षेत्रमा रोजगारी गुमाउने, तलबभत्ता नपाउने लगायतका समस्या देखिएको एक वर्ष बढी भइसकेको  छ ।

अर्थतन्त्रको कस्तो स्थितिमा उपभोक्ता बजारसम्म पुग्नै नसक्ने अवस्था सिर्जना हुन्छ ?
-बजारमा यस्तो अवस्था सिर्जना हुनुको मुख्य कारण सरकारले असारमै निर्माण व्यवसायीलाई दिनुपर्ने ६० अर्ब भुक्तानी नदिनु पनि हो । ठेकेदारले पैसा नपाउँदा होटलमा ज्याला, सिमेन्ट रडलगायतका सामाग्रीको भुक्तानी गर्न सकेन । जसले गर्दा जनताको हातमा पैसा पुगेन । यदि सरकारले समयमै रकम भुक्तानी गरेको भए, निमार्ण कम्पनीले सबै क्षेत्रलाई पैसा तिर्दा स्वयम् खर्च गर्दा अर्थतन्त्र चलायमान हुन सहयोग पुग्थ्यो । तर सरकारले यसरी पैसा रोकेर राख्दा यो दसैंमा व्यापारिक माहोल देखिएन ।

व्यापारीहरुले सटर नै बन्द गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो त ?
-यसमा दुई/तीनवटा कुराले प्रत्यक्ष असर पारेका छन् । एउटा सरकारले निमार्ण व्यवसायीलाई ५०/६० अर्ब भुक्तानी नगर्दा , बजारमा पैसा पुगेन। जुन पैसा सरकारसँगै बस्यो । दोस्रो ६० लाख नेपालीहरु लद्युवितसँग सम्बन्धित छन् । लद्युवित्तको स्थिति राम्रो छैन् । त्यस्तै ७४ लाख सहकारीमा आवद्ध जनताहरु पीडित छन् । कतिपयले गैरसरकारी संस्थाहरुमा काम पाइरहेका थिए । अहिले दातृ निकायहरुको सहयोग घटेकाले उनीहरुले पनि रोजगारी गुमाएका छन् । यी कारण अर्थतन्त्र र बजारमा समस्या देखिएको हो ।

यदि यो स्थितिमा सुधार गर्ने हो भने, सहकारी लधुवित्तको समस्या सुधार गर्नुको साथै सरकारले निमार्ण व्यवसायीलाई तिनुपर्ने रकम तत्काल भुक्तानी गर्नुपर्ने देखिन्छ । वैदेशिक सहयोगमा सहजीकरण गरेर धेरैभन्दा धेरै विदेशी पुँजी र प्रविधि भित्र्याउन आवश्यक छ । यसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।

वैदेशिक सहयोगमा सहजीकरण गरेर धेरैभन्दा धेरै विदेशी पुँजी र प्रविधि भित्र्याउन आवश्यक छ । यसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । 

अहिलेको अर्थतन्त्रलाई सुधार गर्न विशेषगरी कुन–कुन पक्षमा ध्यान दिन आवश्यक छ ?
-सबैभन्दा पहिला सरकारले निजी क्षेत्रलाई भुक्तानी गरिहाल्नुपर्छ । ६० अर्ब आउने वित्तिकै बजारमा तरलता आउँछ । जनताको हातमा पैसा पुगेपछि अर्थतन्त्र चलायमान हुन सहयोग पुग्छ । दोस्रो कुरा पुँजी निमार्णलाई तिव्रता दिन आवश्यक छ । वुटवल–नारायणघाट बाटोको कारणले पनि आवागमन गर्न मानिसहरु चाहिरहेका छैनन् । मुग्लिनदेखि पोखराको बाटोको समस्याले पनि असर पु-याइरहेकाे छ । मध्य पहाडीमार्गमा पनि थुप्रै समस्याहरु छन् । त्यसैले जहाँ–जहाँ सरकारले विगत १०–१५ वर्षदेखि कार्यान्वयन गर्दै आएका विकास परियोजनाहरु छन् । तिनिहरुमा खर्च गर्ने  पुँजी निमार्ण गर्न साथ आवागमन पनि बढ्छ । आशाको रक्तसञ्चार भएर अर्थतन्त्र पनि उभो लाग्छ ।

Logo