च्यासलमा एमालेको चियापन सुरु, यस्ताे छ मेनु

च्यासलमा एमालेको चियापन सुरु, यस्ताे छ मेनु


नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।
 
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले यसपालि निम्तालुहरूलाई केरा, लड्डु, निम्की र कटलेट खुवाउने भएको छ। एउटा बोताको एक सय रुपैयाँ पर्ने यही मेनु कार्यकर्ता र सर्वसाधारणका लागि मात्रै हो। विशिष्ट श्रेणीका पाहुनाहरूका लागि भने छुट्टै मेनु रहेको छ ।  

Logo