#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1455519836641062037309818
नेपाल9081

बैंकका केन्द्रीय कार्यालय बन्द, खुलेका शाखालाई होम क्वारेन्टाइनबाटै निर्देशन

काठमाडौं ।
नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमणका कारण अधिकांश बैंकका केन्द्रीय कार्यालय बन्द भएका छन् । अति आवश्यक शाखा बाहेक बैंकका अन्य शाखाहरु बन्द गरिएको हो ।

बैंकका निश्चित शाखा मात्रै खुल्ला राखिएको छ । दैनिक कारोबारमा समस्या नहोस भनेर केही शाखाहरुलाई मात्रै खुल्ला राखिएको र ती शाखाहरुलाई होम क्वारेन्टाइनबाटै निर्देशन दिने गरेको बैंकर्स संघले जनाएको छ । संघका सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने –‘प्राय बैंकका हेड अफिस बन्द छन्,यहिँबाट निर्देशन दिएका छौँ ।’

बैंकका केन्द्रीय कार्यालय प्राय बन्द भएपनि आइटी सेक्शन भने खुला रहेको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए । बैंकहरुले बैंकिङ सेवामा अवरोध नहोस भन्नका लागि सिमित शाखा मात्रै खोलेका छन् । ती शाखामा काम गर्ने कर्मचारीहरुले मास्क तथा  पंन्जा  प्रयोग गरेर मात्रै काम गरिरहेको संघले जनाएको छ । ‘बैंकका कर्मचारीहरुलाई जोखिम नहोस भनेर उच्च सतर्कता अपनाएका छौँ’–उनले भने–‘बैंकका शाखाहरु केही मात्रामा खुले पनि एटिएम सेवा भने सबै खुल्ला छन् ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार