#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16805271017621205178373587
नेपाल9081

मुलुक लकडाउन हुँदा किन भएनन् होटल लकडाउन ?

काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण मंगलबारदेखि सरकारले मुलुकभर लकडाउन गरेपनि होटल व्यवसाय बन्द भएका छैनन् ।

होटल व्यवसाय अति आवश्यकीय व्यवसाय भएकाले बन्द गर्न नसकिएको होटल एसोसिएन (हान) ले जनाएको छ । कोरोनाका कारण होटल व्यवसाय पूर्ण रुपमा प्रभावित भएको छ । तर अति आवश्यकीय सेवा भएकाले पूर्ण रुपमा बन्द नगरिएको हान अध्यक्ष सिर्जना राणाले बताइन् । ‘होटल व्यवसाय पूर्ण रुपमा बन्द गर्ने पेशा नै होइन ।’ उनले भनिन् । सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । होटल व्यवसाय पनि अत्यावश्यक सेवा भएकाले गार्ड तथा केही कर्मचारी राखेर खोलेको अध्यक्ष राणाले बताइन् । तर व्यवसायमा मन्दी आएपछि अधिकांश होटल व्यवसाय भने बन्द छन् ।

होटलमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य सम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा लगायतको प्रयोग गर्न भनिएको छ । ‘होटलमा काम गर्ने स्टाफलाई उच्च सतर्कता अपनाउन भनेका छौँ ।’ उनले भनिन् । मुलुक लक डाउनको अवस्थामा भएपनि काठमाडौँका केही तारेहोटलले न्यूनतम सेवा उपलब्ध गराइरहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार