#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व71142233564527031150827
नेपाल5041

होम क्वारेन्टाइनमा कसरी दिन बिताउँदैछन् यी १० कलाकार ?

काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण प्रायः सबैजसो सेल्फ क्वारेन्टाईनमा बसिरहेका छन् । जसमा कलाकारहरु पनि रहेका छन् । चलचित्रको छायांकन र प्रदर्शन ठप्प हुँदा सबै कलाकारहरु यतिबेला फुर्सदमा छन् । त्यसैले सबै कलाकारहरु फुर्सदिलो समयको आफ्नै ढंगले उपयोग गरिरहेका छन् ।

१ राजेश हमाल
महानायक राजेश हमाल यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । आफ्नो फुर्सदिलो समय पुस्तक पढी बिताईरहेका छन् । त्यस्तै उनी घरमै गर्न मिल्ने व्यायामहरु गर्ने गर्छन् । त्यससँगै आफ्नो सादा समयलाई रंगिन बनाउन उनी आफ्नी श्रीमतीलाई जिस्काउने, उनको लागि गीत गाउने र नाच्ने गर्छन् ।

२. वर्षा सिवाकोटी
अभिनेत्री वर्षा सिवाकोटी आफ्नो समय आफ्नो कुकुर डुकुसँग बिताउँदैछिन् । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न उनी घरमै व्यायाम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न भिटामिन सी सेवन गरिरहेकी छिन् । त्यस्तै उनी पुस्तक पनि पढिरहेकी छिन् भने आफैंले खानेकुरा पकाउदै दिन बिताई रहेकी छिन् ।

३. ऋचा शर्मा
अभिनेत्री ऋचा शर्मा आफ्नो फुर्सदिलो समय बगैंंचाको काममा बिताईरहेकी छिन् । क्वारेन्टाइनकै कारण आफूले फूलहरुलाई ध्यान दिन पाएकोमा खुशी भएको उनको भनाई छ । त्यस्तै बाँकि समय आफ्ना भान्जासँग खेल्ने, ध्यान गर्ने र पुस्तकहरु पढ्ने गर्दै उनी घरमा व्यस्त रहने कोसिस गर्दैछिन् ।

४. साम्राज्ञी आर एल शाह
अभिनेत्री साम्राज्ञी आर एल शाह आफ्नो समय आमासँग बिताईरहेकी छिन् । त्यससँगै आफ्नो समयलाई व्यस्त बनाउन उनी टिकटक बनाउनुको साथै परिवारसँग विभिन्न गेमहरु खेलेर र गीत गाएर बिताईरहेकि छिन् ।

५. आँचल शर्मा
भर्खरै विवाह बन्धनमा बाधिएकी आँचल शर्मा आफ्नो समय नयाँ घरमा नयाँ परिवारसँग बिताईरहेकी छिन् । श्रीमान् उदिपसँग मिलेर विभिन्न परिकारहरु बनाउने र घरमै बसी चलचित्र हेर्दै उनको दिन बितिरहेको छ ।

६. प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की यतिबेला श्रीमान् आयुष्मानसँग आफ्नो भैसिपाटीको नयाँ घरमा बिताईरहेकी छिन् । पुरै घरमा २ जना मात्र भएकोले उनीहरु दुवै मिलि विभिन्न परिकारहरु बनाउने र सरसफाई गर्ने गरिरहेका छन् । त्यससँगै प्रियंका आफ्ना विवाहका तस्बिरहरु पोस्ट गर्दै दिन बिताईरहेकी छिन् ।

७. नाजिर हुसैन
अभिनेता नाजिर हुसैन आफ्नो समय पुस्तक पढ्ने, गीत गाउने, टिकटक बनाउने र साथीहरुसँग अनलाईन अन्ताक्षरी खेल्दै बिताईरहेका छन् ।

८. परमिता आर एल राना
अभिनेत्री परमिता आर एल राना आफ्नो खाली समय नाच्ने र साथीहरुसँग अनलाईन च्यालेन्ज गेमहरु खेल्दै बिताईरहेकी छिन् ।

९. दीपकराज गिरी
कलाकार दीपकराज गिरी ३ महिनादेखि नै क्वारेन्टाइनमा छन् । आफ्नो आगामी चलचित्र छक्का पन्जा ४ को लेखनमा व्यस्त भएकाले ३ महिनादेखि बाहिर ननिस्केको उनको भनाइ छ । अहिले पनि उनी चलचित्र लेखनमै दिन बिताईरहेका छन् भने अरु समय टिकटक बनाउने र सामाजिक संजालमा सचेतना संदेश पोस्ट गर्दै बिताईरहेका छन् ।

१०. सुहाना थापा
केहि दिन अघिसम्म चलचित्र ए मेरो हजुर ४ को छायांकनमा व्यस्त भएकी अभिनेत्री सुहाना थापा अहिले आफ्नो खाली समय आमा झरना थापा र बुवा सुनिल कुमार थापासँग बिताईरहेकी छिन् । आफूलाई व्यस्त बनाउन उनी पुस्तक पढ्ने र भगवान श्रीकृष्णको पूजा आराधना गर्दै बिताईरहेकी छिन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार