सन्दीपले एकै ओभरमा लिए दुई विकेट, नेपाललाई सातौं सफलता

सन्दीपले एकै ओभरमा लिए दुई विकेट, नेपाललाई सातौं सफलता


आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भइरहेको खेलमा सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । सन्दीपको दुई विकेटसँगै नेपाललाई नेपाललाई सातौं सफलता मिलेको छ । ओमान हाल १४ ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनाएर खेलिरहेको छ । 

 

टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन्। ओमान अहिले ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ ।  

नेपाल फाइनलमा स्थान बनाउँदै इतिहासमा दोस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ आज मैदान उत्रने छ । शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।  

Logo