#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1213057655066945662777013630
नेपाल164233586367752

बाजा बजाउँदै बले र प्रिज्मा (भिडियोसहित)

काठमाडौं ।
कलाकार सागर लम्साल ‘बले’ र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका यो जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् ।

लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउँदै बोलको म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ।

सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन्।

भिडियो द डिभाइन म्युजिकको युटुब बाट सार्बजनिक गरिएको हो। गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्। हेरौं भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार