#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33089013999114764735824442541
नेपाल718214671834153013

रिचार्ज बराबरको रकम उपलब्ध गराउन प्राधिकरणको निर्देशन

काठमाडौं ।
नेपाल दुरसचार प्राधिकरणले रिचार्ज गरे बराबरको रकम बोनस उपलब्ध गराउन सेवा प्रदायकलाई निर्देशन दिएको छ । मंगलबार नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकलाई यस्तो निर्देशन दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार प्रयोगकर्ताले १० रुपैयाँको रिचार्ज गरे १० रुपैयाँ बराबरकै बोनस  र १ हजार रुपैयाँ रिचार्ज गरे पनि सोही बराबरको बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।

कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघर बस्न थालेपछि राहत स्वयरुप यस्तो निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार