#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86017042344639385178441
नेपाल5041

कस्तो रह्यो पहिलो दिनको लकडाउन ? कार्यान्वयन नभएपछि ठाउँ ठाउँमा निषेधाज्ञा

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन सरकारले सुरु गरेको सातदिने लकडाउनको पहिलो दिन मंगलबार काठमाडौं उपत्यका सुनसान रह्यो । लकडाउन अवज्ञा भएपछि केही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले कतिपय जिल्लामा सेना नै परिचालन गरेको छ ।

काठमाडौंमा अत्यावश्यकबाहेक अन्य सवारी साधन चलेनन् । बिहानपख भने खाद्यान्न खरिद गर्न पसलमा भीड देखिन्थ्यो । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका थिए । लकडाउनमा घरबाहिर ननिस्किन सरकारले आग्रह गरे पनि सर्वसाधारण गन्तव्यमा पुग्न हतास देखिन्थे ।

कर्फ्युमा जत्तिकै सुरक्षाकर्मीले चोक–चोकमा पहरा दिएका थिए । खानेपानी, ग्यास, अस्पताल, एम्बुलेन्स र सञ्चार संस्थाका सवारी साधन फाट्टफुट्ट चलेका थिए । प्रहरीले टोल–टोलमा माइकमार्फत सरसफाइमा ध्यान दिन सचेतना अभिवृद्धि गराउँदै हिँडेका थिए । मोटरसाइकलमा ग्यास र चामलका बोरा बोकेर सर्वसाधारण गन्त्यव्यमा लागेको देखिन्थ्यो ।

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा सवारी साधनको पास लिन घुइँचो थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा कुनै पनि प्रकारको अभाव हुन नदिन सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेको बताए । ‘लकडाउनको अर्थै सर्वसाधारणलाई घरबाहिर ननिस्किई जीवनयापन गर्नु भन्ने हो’, उनले भने, ‘खाद्यान्न, ग्यास र खानेपानीको व्यवस्थापनका लािग आपूर्ति मन्त्रालय र खानेपानी मन्त्रालयसँगै निजी खानेपानी वितरण संस्थासँग समन्वय भइरहेको छ ।’ उनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाइने बताए ।

किराना र तरकारी पसल खुल्ने

गृह मन्त्रालयले लकडाउनमा किराना र तरकारी पसल खोल्न मिल्ने जनाएको छ । भीडभाड नगरी पसल खोल्न नरोकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । ‘अत्यावश्यक वस्तु चाहिन्छ । रोक्न मिल्दैन । उपभोग्य वस्तु खरिद गर्न सर्वसाधारण बाहिर निस्किन पाउँछन्’, उनले भने, ‘तर, अनावश्यक हिँडडुल गर्न सर्वसाधारणलाई रोक लगाइन्छ ।’

२ सय साधन नियन्त्रणमा

बुटवल : लकडाउन अवज्ञा भएपछि केही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश ५ का गुल्मी, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी गरिएको छ ।

सुरक्षाकर्मीले नागरिकलाई घरबाहिर निस्किन दिएका छैनन् । अत्यावश्यक कामबाहेकलाई सडकमा हिँड्न रोकिएको छ । गुल्मी सदरमुकाम तम्घासमा निषेधाज्ञाका कारण घरको पेटीमा पनि सुरक्षाकर्मीले बस्न दिएका छैनन् । ‘घरभित्रै बस्नुस्, बाहिर बस्ने होइन’ भन्दै भित्र पठाउने गरेको सर्वसाधारणले जनाएका छन् ।

काम परेरै बाहिर निस्किनेले पनि अनिवार्य मास्क लगाउनुपर्ने प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई घरबाहिर ननिस्किन माइकिङ गरिरहेको छ ।

लकडाउनको पहिलो दिन भएकाले अलपत्र यात्रुलाई जाँच गरी गन्तव्यमा जान दिएको प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । उनले लकडाउन अवेज्ञा गर्ने केही मोटरसाइकललाई नियन्त्रणमा लिई पछि छाडिएको जनाए । सदरमुकाम तमघास ठप्प बन्द छ ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु