देश टाइटानिक डुबे जसरी डुबिरहेको छः सीके राउत

देश टाइटानिक डुबे जसरी डुबिरहेको छः सीके राउत


जनमत पार्टीका अध्यक्ष सिके राउतले यो देश टाइटानिक डुबे जसरी डुबिरहेको बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश टाइटानिक डुबे जसरी डुबिरहेका भन्दै यसका चालकहरुले नै विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाईरहेका बताए । उनले भने, ‘यो देश टाइटानिक डुबे जसरी डुबिरहेको छ । यो डुबाउने अरु कोही होईन्, यसका चालकहरु नै हुन् जसले विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाईरहेका छन् । र उनीहरु आफू भने सुरक्षित रुपमा बसिरहेका छन् । जनताले यो कुरा बुझ्नु पर्छ ।’ 

उनले सदनमा एउटै कुरा महिनौसम्म उठाँउदा पनि सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै हामीले चाहेको सांसद यही हो भन्दै प्रश्न उठाएका छन् । उनले भने, ‘यो संसद व्यवस्थाको नियोगको रुपमा रहेको छ । यो पूर्ण रुपले निस्प्रभावि नै रहने हो भने यसले व्यवस्थामाथि नै प्रश्न चिन्ह् उठाउँने आधारहरु रहेका छन् । हामीले चाहेको संसद यस्तै हो, जहाँ मान्य ज्यूहरुले महिनौसम्म एउटै कुरा उठाएर बस्ने तर सरकारले सुन्दै नसुन्ने, हामीले खोजेको संसद यस्तै हो ? यसकारण हामी सोच्न बाध्य छौ यो संसदमा लोकतन्त्र कहाँ छ, यसको गरिमा कहाँ छ, त्यो प्रश्न गर्न म बिवश छु ।’ 

यस्तै, उनले सांसदहरुले गरेको कुनै निर्णय संशोधन र पारित नभएको भन्दै त्यसको निर्णय अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर मात्रै हुने बताए । उनले भने, ‘तपाईहरु छातिमा हात राखेर भन्नु तपाईहरुले गरेको कुन निर्णय यहाँ भएको छ, कुन संशोधन यहाँ भएको छ, के पारित हुने, कुन विधेयक पास हुने हो, कुन कुरा निर्णय हुने हो त्यो एउटा अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर निर्णय गर्छन् । त्यो नेताहरु सार्वभौम सत्ता सम्पन्न भयो कि यो संसद भयो, यस्तै, खालको संसद चल्ने हो भने यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरु छन् ।’ 

Logo