कोशीमा सहमतीय सरकारको विकल्प छैनः मुख्यमन्त्री कार्की

कोशीमा सहमतीय सरकारको विकल्प छैनः मुख्यमन्त्री कार्की


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताएका छन् । वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उनको भनाइ छ ।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनले बताए ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कोशी प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने उनले उल्लेख गरे । कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ थियो । 

मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्यो त्यो गुन आफूले नबिर्सने भन्दै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताए । उनले कोशी प्रदेश सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताए ।

Skip This
Logo