नेपाल लाइफद्वारा एक दिवसीय ‘बिजनेस रिभ्यू मीट’ सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय ‘बिजनेस रिभ्यू मीट’ सम्पन्न


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक दिवसीय ‘बिजनेस रिभ्यू मीट’ सम्पन्न गरेको छ ।

‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको हाे । 

कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खटिएका सहयात्रीहरूलाई उनले धन्यवाद दिए । 

नेपाल लाइफ आफैंमा जीवन बीमा क्षेत्रमा गाैरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको उनको भनाइ थियो ।

विषम परिस्थितिमा पनि कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजारको हिस्सा ओगट्दै लिडरको रूपमा आफूलाई स्थापित गराउन योगदान गरेकोमा उनले आभार प्रकट गरे ।

यस्तै, कार्यक्रममा बाल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले कर्मचारी तथा अभिकर्ताहरूलाई चालू आर्थिक वर्षको पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद दिए । चालू आ.वको व्यापार लक्ष्य पूरा गर्न दत्तचित्त भई कार्य गर्न पनि उनले आग्रह गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेशन को कार्य थालनी गरिसकेको समेत बताए ।

त्यस्तै, नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई कम्पनीको लेगेसीलाई निरन्तरता दिएकाे बताए ।

Logo