को हुन् ओमानविरुद्ध पाँच छक्का प्रहार गर्ने युवा अलराउण्डर विवेक यादव ? [भिडियाेसहित]

को हुन् ओमानविरुद्ध पाँच छक्का प्रहार गर्ने युवा अलराउण्डर विवेक यादव ? [भिडियाेसहित]


घरेलु टोली नेपाल आइसिसी टि- २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ।  बिहीबार भएको खेलमा नेपाल ओमानसँग ६ रनले पराजित हुँदै समूह एको उपविजेतामा सिमित बनेको हो। 

आजको खेलमा नेपालका लागि सर्वाधिक धेरै रन र छक्का प्रहार गर्न सफल २० वर्षीय अलराउन्डर विवेक यादवले सन् २०२२ मा ओमानमा भएको सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

योसँगै नेपालले विश्वकपमाा छनोट हुन समूह ‘बी’ को विजेता युएईसँग शुक्रबार सेमिफाइनल खेल्नेछ।बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो। नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए पनि टोलीलाई जिताउन भने सकेनन्।

जितका लागि नेपाललाई अन्तिम ओभरको ६ बलमा २६ रन चाहिएको थियो। यस्तो अवस्थामा क्रिजमा रहेका विवेक यादवले पहिलो बलमा बिलाल खानलाई छक्का प्रहार गरे। त्यसपछि एक वाइड बल खेलेका उनले पुनः छक्का प्रहार गरे।

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका अलराउन्डर विवेक यादव पछिल्लो समय चोटका कारण टोली बाहिर रहेका थिए।

त्यसपछि नेपाललाई जितका लागि बाँकी चार बलमा १३ रन चाहिएको थियो। तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल निकै रोमाञ्चक बनेको थियो।

नेपाललाई जितको लागि अब तीन बलमा ७ रन मात्र चाहिँएको थियो। तर चौथो बलमा विवेक स्लो बलमा क्याच आउट भए। त्यसपछि क्रिजमा आएका पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए।

अन्तिम बलमा नेपाललाई जितका लागि छक्का चाहिएको थियो। करण केसी स्ट्राइकमा थिए। तर करण छक्का हान्ने धुनमा लङअनमा क्याच आउट भएपछि नेपाल पराजित हुन हुन पुग्यो।

बिहीबारको खेलमा नेपालका लागि सर्वाधिक धेरै रन र छक्का प्रहार गर्न सफल २० वर्षीय अलराउन्डर विवेक यादवले सन् २०२२ मा ओमानमा भएको सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। हालसम्म नेपालका लागि ७ खेल खेलिसकेका विवेकले अहिलेसम्म सम्झनलायक प्रदर्शन भने गर्न सकेका थिएनन्। 

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका अलराउन्डर विवेक यादव पछिल्लो समय चोटका कारण टोली बाहिर रहेका थिए। विवेक पीएम कपका उदीयमान खेलाडी हुन्। सातौं राष्ट्रिय खेलकुदबाट क्रिकेटमा पाइला अघि बढाएका विवेक तीव्र गतिको बलर र तल्लोक्रमका ब्याट्सम्यान हुन्।

बिहीबारको खेलमा नेपालका लागि सर्वाधिक धेरै रन र छक्का प्रहार गर्न सफल २० वर्षीय अलराउन्डर विवेक यादवले सन् २०२२ मा ओमानमा भएको सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

प्रदेश-२ बाट पीएम कप खेलेका उनी सोही प्रतियोगिताबाट लगातार दुई अर्धशतक प्रहार गरेपछि धेरैको नजरमा परे। उक्त प्रतियोगितामा उनी उदयीमान खेलाडी घोषित भएका थिए। त्यही प्रदर्शनले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको यात्रा तय गर्न मद्दत गरेको थियो। 

कक्षा ६ मा पढ्ने बेलादेखि क्रिकेट खेल्न थालेका विवेक सप्तरी विष्णुपुरमा बस्छन्। गाँउमा क्रिकेट खेल्दै यू-१९ टिमबाट खेल्न थालेका उनी सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको सिनियर टिममा परेका थिए। त्यसपछि यू-१६ को प्रशिक्षणमा बोलाए पनि वैकल्पिक खेलाडीमा परेका थिए।

त्यसअघि उनले कक्षा १० मा पढ्दा प्रदेश-२ बाट आठौं राष्ट्रिय प्रतियोगिता खेलेका थिए। आठौं राष्ट्रिय खेलेपछि भने उनले नेपालको यू-१९ राष्ट्रिय टिममा अवसर पाएका थिए।

नेपालको यू-१९ टिममा परेपछि सबैको आँखामा परेका विवेकले प्रधानमन्त्री कप र एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजबाट खेल्दै आफ्नो कौशल देखाएका थिए। 

यदि विवेकले मोन्टी देशाइको प्रशिक्षणमा अझै धेरै अवसरहरु पाए आफूमा भएको क्षमतालाई विश्वसामु चिनाउन सक्ने प्रष्ट देखिन्छ।

ओमानविरुद्ध आजको खेलमा नेपालका कुनै पनि ब्याटरहरु नचलेको अवस्थामा नेपाललाई लगभग जितका सामू उभ्याएका उदयीमान युवा खेलाडी विवेक यादवको आजको प्रदर्शनलाई हेर्दा उनी नेपाली क्रिकेटका चम्किला तारा बन्न सक्ने खुबी उनीमा भरपुर मात्रामा देखिन्छ।

यदि विवेकले मोन्टी देशाइको प्रशिक्षणमा अझै धेरै अवसरहरु पाए आफूमा भएको क्षमतालाई विश्वसामु चिनाउन सक्ने प्रष्ट देखिन्छ।नेपालको सधैंको कमजोरी ब्याटिङ भइरहेको अवस्थामा तल्लो क्रममा आएर एक्लैले राष्ट्रका लागि २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाउनुले के सन्देश दिन्छ भने नेपालमा प्रतिभाको कुनै कमी छैन् बस उनीहरुलाई मैदान र अवसर दिए पुग्छ।

Logo