#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86111342385640168178560
नेपाल5041

कोरोनालाई चुनौती दिंदै क्रिस्टियानो रोनाल्डोको ‘टपलेस पोज’

काठमाडौं ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व आतंकित बनेको छ । विश्वका अधिकांश देशहरु लकडाउन गरिएको छ ।

कोरोनाकै कारण सम्पूर्ण विश्व खेलकुद समेत ठप्प रहेको छ । खेलकुद ठप्प रहँदा विश्वभरका खेलाडी पनि होम क्वारेन्टाइनमा रहेका छन् ।

होम क्वारेन्टाइनमा रहेका अधिकांश खेलाडीहरु परिवारसँग रमाइरहेका छन् । जसमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि एक हुन् ।

इटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डो अहिले पोर्चुगलको माडिरास्थित आफ्नो घरमा रहेका छन् । कोरोनाका कारण इटालियन लिग स्थगित भएपछि रोनाल्डो पोर्चुगल फर्किएका हुन् ।

कोरोनाको कारण घरमै रहेका रोनाल्डो अहिले चर्चामा रहेका छन् । कारण उनको ‘टपलेस पोज’ ।

रोनाल्डो मंगलबार सार्वजनिक भएको एक फोटोका कारण चर्चामा रहेका हुन् । रोनाल्डोले आफ्नो घरको जिममा आफ्ना बहिनीहरुसँग ‘टपलेस पोज’ दिएर फोटो खिचाएका छन् । उनले आफ्नो शरीरको सिक्स प्याकको प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचारहरु