#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1450249834761057415309358
नेपाल9081

कोरोना कोषमा १ करोड सहयोग गर्नेको संख्या छ पुग्यो

काठमाडौं ।

कोरोना न्युनिकरणका लागि सरकारले बनाएको आपतकालिन कोषमा १ करोड र सो भन्दा बढी सहयोग गर्नेको संख्या छ पुगेको छ ।

सो कोषमा नेपाल बैंकले १ करोड, व्यवसायी विनोद चौधरीले १ करोड, ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख, कृषि विकास बैंकले १ करोड २५ लाख र राष्ट्रि वाणिज्य बैंकले १ करोड ५० लाख रुपैँयाँ सहयेग गरेका छन् । यस्तै निजी क्षेत्रको ठूलो मोबाइल सेवा प्रदायक एनसेलले पनि सो कोषमा १० करोड सहयोग गर्ने जनाएको छ । त्यसबाहेक नेपाली कांग्रेसले ५० लाख, नेपाल धितोपत्र बोर्डले ५० लाख, समाचार पोर्टल मेरो लगानीले १ लाख रुपैँयाँ सो कोषमा सहयोग गरेका छन् ।

त्यस्तै, कोषमा नेकपा संसादहरुले आधा महिनाको तलब जम्मा गर्ने घोषणा गरिसकेका छन् । सांसद गगन थापाले सबै सांसद्हरुले एक महिनाको तलब सरकारद्वारा बनाइएको सो कोषमा सहयोग गर्न प्रस्ताव गरेका छन् । त्यस्तै, केन्द्र सरकारका सबै मन्त्रीहरुले १ महिना बराबरको तलब सो कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यसका साथै राष्ट्रपति विद्यादेवी भन्डारीले २ महिना बराबरको तलब कोषमा जम्मा गर्ने घोषणा गरेकी छिन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोड रुपैँयाँ बराबरको कोरोना रोकथाम र न्युनिकरणका लागि कोष बनाएको छ । त्यस्तो कोष सरकार बाहेक अन्य संस्था वा व्यक्तिले संचालन गर्न नपाउने निर्णय गरिएको छ । गत मंगलबार बसेकोको उच्चस्तरिय समितिको बैठकले सरकार बाहेक अन्य संस्थाले आर्थिक प्याकेजका लागि कोष संचालन गर्न नपाउने र कोष गठन गरेको भए एक सातासम्ममा सो रकम सरकारी कोषमा रकम जम्मा गर्नुपर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार