लक्ष्मी कोइरी खोइ ? भन्दै रविले प्रश्न गरेपछि रामहरीले शिर निहुराएँ

लक्ष्मी कोइरी खोइ ? भन्दै रविले प्रश्न गरेपछि रामहरीले शिर निहुराएँ


प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई नेताका बीचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। केही दिन अघि सो समितिमा भएको एउटा संम्बादको भिडियो दृश्य यतिखेर भाईरल भइरहेको हो।

खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सो समितिका सभापति सांसद मात्रै हुँदा रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै?’ भन्दै प्रश्न गरेका थिए। उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन्।तर, लामिछाने यतिखेर गृहमन्त्रीको जिम्मेवारी भन्दा बाहिर रहेका छन् र खतिवडाको पार्टी नेपाली काँग्रेस सरकारमा सामेल छ।

यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानेको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन्, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो।

‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाई‌ंको पार्टी सरकारमा छ,सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै?’ उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए। जसलाई अहिले भाईरल बनाइएको छ।

Skip This
Logo