#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341463611018173771848525409703
नेपाल778174982089156428

अनमोलको म्यानेजर भन्दै किशोरीमाथि दुर्व्यवहार

नेपाली फिल्म इन्डस्ट्रीका निकै चर्चित युवा नायक अनमोल केसीका फ्यान फलोअर्स लाखौँ छन् । उनको यसै फ्यान फलोअर्सका कारण कति पय ठाउँमा उनको नाम गलत रूपमा पनि प्रयोग भएको खबर बाहिरिइरहन्छन् ।

अहिले यस्तै एउटा घटना भएको छ । जसमा अनमोलको नाम जोडिएको छ । १९ वर्षीय निराजन गिरीले आफू अनमोल केसीको म्यानेजर भएको भन्दै एक किशोरीलाई दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको छ । गिरीले भर्खर आठ कक्षा पढ्दै गरेकी १४ वर्षीय किशोरीलाई दुर्व्यवहार गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर दुर्व्यवहार गरेको पुष्टि भैसकेको छ भने गिरीले अन्य किशोरीलाई पनि दुर्व्यवहार गरेको खुलेको छ । गिरीले पनि आफूले गलत काम गरेको स्वीकार गरिसकेका छन् ।

उता यस घटनाले सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मा ठुलो रूप लिइरहेका बेला अनमोल केसीले आफ्नो कुनै म्यानेजर नभएको र यस्तो गलत काम गर्ने विरुद्ध आफू पनि लाग्ने बताएका छन् भने पीडित किशोरीलाई साथ दिनु पर्ने अवस्थामा आफू सधैँ तयार रहेको बताएका छन् । यसबारे अनमोलले आफ्नो सामाजिक सञ्जालमा प्रस्ट पारेका छन् । साथै उनले सजिलै कसैलाई विश्वास नगर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार