बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?


नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुनको मूल्य समेत आजतोलामा३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  त्यसैगरी चाँदीको मूल्यभने २५ रुपैयाँले घटेको छ। चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

Logo