बढ्न थाल्यो सूर्योदय हेर्न अन्तुमा पर्यटकको चहलपहल [तस्विरहरू]

बढ्न थाल्यो सूर्योदय हेर्न अन्तुमा पर्यटकको चहलपहल [तस्विरहरू]


सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थानका रूपमा परिचित इलामको अन्तुडाँडामा यतिबेला पर्यटकहरूको चहलपहल छ। कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरूको भीड हुने गरेको छ।

यसै गरी यो मौसममा पहाडी र तराईका फाँटका साथै उत्तरतिर कन्चनजंघा हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। कृषि कर्मबाट सुधारिएको जीवनशैलीका साथै अल्पसंख्यक लेप्चा र अन्य जनजातिहरूको संस्कृति पनि उक्त क्षेत्रमा देख्न पाइन्छ।

 

Logo