आज गण्डकीमा थपिए ३२ कोरोना संक्रमित, कूल संख्या ७२९ पुग्यो

आज गण्डकीमा थपिए ३२ कोरोना संक्रमित, कूल संख्या ७२९ पुग्यो


कास्की ।
गण्डकी प्रदेशका थप ३२ जनामा आज कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो प्रदेशका ८ वटा जिल्लामा संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार आज देखिएका संक्रमित मध्ये लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १, बाग्लुङमा ९ जना, तनहुँमा १, नवलपरासी पूर्वमा ३ जना रहेका छन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ।

Logo