कोशी प्रदेश सरकारमा थपिए दुई मन्त्री

कोशी प्रदेश सरकारमा थपिए दुई मन्त्री


कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका छन् । माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषदमा थपिएका हुन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ । पुराना र नयाँ थपिएका सबै मन्त्रीहरु हाल बिना विभागीय छन् । गठबन्दधन दलहरुबीच छलफल भएपछि उनीहरुलाई जिम्मेवारी दिइने भएको छ ।

Logo