राष्ट्रपति पौडेलको अपिल : भूकम्प प्रभावितको उद्धार/राहतमा सबै जुटौँ

राष्ट्रपति पौडेलको अपिल : भूकम्प प्रभावितको उद्धार/राहतमा सबै जुटौँ


राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको  बताएका छन् । 

राष्ट्रपति पौडेलले विपदको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका छन् । 

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यरात ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र छिमेकी जिल्ला रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ ।   

Logo