भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु


जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ।

प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएकाे छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन्। घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको  जनाइएकाे छ। 

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ। घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदैछ। अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ।

रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन्। यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

Logo