घाइतेको जीवन रक्षा सरकारको पहिलो दायित्व हाेः उपप्रधानमन्त्री खड्का

घाइतेको जीवन रक्षा सरकारको पहिलो दायित्व हाेः उपप्रधानमन्त्री खड्का


उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवन रक्षा नै पहिलो काम भएको बताएका छन्।

आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरूको जीवन रक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधन परिचालन गरिएको बताएका हुन्।

रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरूको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई-१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए। ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउनु हो’, उनले भने,‘त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए। उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरेका छन्।

Logo