#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1377675258863549946778193440
नेपाल1734439605611249

एटिएमहरुमा पर्याप्त रकम राख्न राष्ट्र बैंकको निर्देशन

काठमडौं ।
नेपाल राष्ट्र बैंकले एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको छ । देशभर लकडाउनको समयमा ग्राहकलाई पैसाको अभाव नहोस भन्ने उदेश्यले राष्ट्र बैंकले एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । साथै एटिएममा निगरानी बढाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न राष्ट्र बैंकले डिजिटल कारोवारलाई प्रोत्साहन गरेकाले पनि एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । त्यस्तै राष्ट्र बैंकले सबै प्रदेशमा स्थानीय प्रशासनसँग समन्वय गरी शाखा खोल्न र खोलिएको शाखा कार्यालयको विवरण तथा सम्बन्धीत व्यक्तिको सम्पर्क नम्बर बैंकको वेबसाइट र शाखा कार्यालयको मुल ढोकामा टाँस्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोवारलाई प्रोत्साहन गर्ने लगायतका ९ वटा निर्देशन दिएको छ ।

अहिले मुलुक लकडाउनको अवस्थामा भएपनि आम जनतालाई कारोवारमा कुनै समस्या नपरोस् भन्ने उदेश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शाखा कार्यालयहरु खालेर सेवा प्रदान गर्न निर्देशन दिएको छ । त्यसैगरी, (घ) वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई पनि सकेसम्म शाखा कार्यालय खोली सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै,राष्ट्र बैंकले भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाउनुपर्ने रिपोर्टहरु परिस्थिति सामान्य भइ नियमित कार्यालय सञ्चालन भएको ७ दिनभित्र पेश गर्न पनि राष्ट्र बैंकको निर्देशन छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार