भूकम्प प्रभावितलाई राहतका लागि भोलि मन्त्रिपरिषदले निर्णय गर्छः प्रधानमन्त्री

भूकम्प प्रभावितलाई राहतका लागि भोलि मन्त्रिपरिषदले निर्णय गर्छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राज्य र सरकारको तर्फबाट गर्नुपर्ने सक्दो काम गरेको बताएका छन् । आज नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको जिम्मेवारी पूरा गरेको भन्दै मन्त्रिपरिषद्को बैठकबाट थप राहतका बारेमा निर्णय गर्ने बताए ।

उनले भने, ‘आज म गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरुमा प्रत्यक्ष अवलोकन गरेँ । हताहत र घाइतेको संख्या ठूलो छ भने हजारौँ घरमा क्षति हुनपुगेको छ । डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरूसँगै लिएर गएको थिएँ । प्रत्यक्ष रुपमा केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । आज जे गर्नुपर्ने थियो, राज्य र सरकारको तर्फबाट गरिएको छ । भोलि मन्त्रिपरिषद् बैठक बोलाएको छु । बैठकबाट थप राहतकाबारे निर्णय हुनेछ ।’

यस्तै, उनले भूकम्प प्रभावित क्षेत्रमा हुँदा विदेशबाट र मित्र राष्ट्रबाट पनि फोनहरु आएको भन्दै सहयोगका लागि सबै मित्रराष्ट्रहरु तयार रहेको बताए ।

Logo