#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32758989993435759251424173040
नेपाल706144591828951866

लकडाउन उल्लंघन गर्नेलाई कारबाहीदेखि आपतकालिन कोषमा रकम थपिंदैसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनकाबीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । आजका प्रमुख समाचार मध्ये भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको मेडिकल कलेजमा ३२ वटा आइसोलेसन तयार पारिएको छ । आजै पर्यटनमन्त्री योगेश भट्टराई मेडिकल कलेज पुगेर आइसोलेसन र क्वारेन्टाइन बढाउन चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

यता कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको आपतकालिन कोषमा सहयोग रकम जुट्ने क्रम जारी छ । कोषमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग जम्मा गरिरहेका छन् ।

यस्तै मंगलबारदेखि सरकारले गरेको लकडाउन उल्लंघन गर्नेहरुविरुद्ध सरकारले कडा कदम चालेको छ । लकडाउनको उल्लंघन गर्दै बाहिर निस्किनेहरुलाई सरकारले कारवाही थालेको हो ।

सरकारले लकडाउन घोषणा गरेसँगै आम सर्वसाधारणको जीवनयापनमा असर पर्न थालेको छ । यही कुरालाई मध्यनजर गर्दै सरकारले टोल टोलमा खाद्यान्न पु¥याउने भएको छ ।

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसले नेपाललाई पनि सताइरहेको छ । नेपालमा अहिलेसम्म ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकी समाचार हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु