गाजाको मानवीय संकटलाई ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन

गाजाको मानवीय संकटलाई ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन


गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्धविरामको लागि आह्वान गर्दै शनिबार वाशिंगटन, डीसी र युरोपका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन्।

अमेरिकाको संघीय राजधानी वाशिंगटन, डीसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिबार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो। 

सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्धविराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्बजनिक रुपमा आह्वान गरेका थिए।  नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झण्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो।

कार्यक्रम आयोजकहरूले भनेका छन् कि उनीहरूले हजारौं प्रदर्शनकारीहरूको अपेक्षा गरेका छन्। वक्ताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई गाजाको संकटको प्रतिक्रियाको लागि आलोचना गरेका छन र चेतावनी यो पनि दिए कि यदि उनले युद्धमा युद्धविरामको लागि आह्वान गरेनन भने उनीहरूले २०२४ मा राष्ट्रपतिलाई समर्थन गर्ने छैनन्।

वासिङ्टनमा प्यालेस्टिनी समर्थक जुलुसको केही सातापछि यो र्‍याली निकालिएको हो। भीडले ह्वाइट हाउस र त्यसपछि फ्रिडम प्लाजामा मार्च गर्ने अपेक्षा गरिएको छ।

Logo