जर्मनीमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा विमानस्थल बन्द

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा विमानस्थल बन्द


जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ।  शनिबार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि बिमानस्थलमा खैलाबैला मच्चिन पुगेको हाे। 

उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो। यसपछि लगत्तै विमानस्थल बन्द गरियो। प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो।  गोली हानेपछि व्यक्तिले कारबाट दुईवटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ।

जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए। प्रहरीले सोसल मिडिया प्लेटफर्म एक्समा छुट्टै भन्यो कि उनीहरूले ठूलो अपरेशन गरिरहेका छन्। यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्द गर्नु पर्दा पुरै प्रभावित भएका छन्। 

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार उत्तरी जर्मन शहर ह्याम्बर्गको एयरपोर्ट यात्रुहरूका लागि बन्द गरिएको थियो र शनिबार राति उडानहरू रद्द गरिएको थियो। जर्मन संघीय प्रहरी प्रवक्ता थोमस गेर्बर्टले डीपीएलाई भने कि घटनास्थलमा आक्रमणकारीको गाडी वरपर ठूलो संख्यामा राज्य र संघीय प्रहरी अधिकारीहरू उपस्थित थिए।

जर्मन संघीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन्। त्यसपछि प्रहरी कारबाहीमा परे पछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।

Logo