#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व82541240682610371174359
नेपाल5041

संकटमा बलिउड इण्डस्ट्री, रजनीकान्तद्वारा ५० लाख सहयोग

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै प्रभावित बनाइरहेको छ । यसको असर बलिउड फिल्म इण्डस्ट्रीमा पनि देखिएको छ।

यसेै संकटलाई मध्यनजर गर्दै बलिउड अभिनेता रजनीकान्तले फेडरेसन अफ साउथ इन्डियन यूनियन वर्कर्सलाई ५० लाख डोनेसन गर्ने घोषणा गरेका छन् ।

भारतमा कोरोना भाइरसको कारण बलिउड र साउथ इन्डियन फिल्म इण्डस्ट्री लकडान भैसकेको छ । सबै फिल्म र टिभि शो वेब सिरिजको सुटिङ बन्द भैसकेको छ । यद्यपि यसको कारण दैनिक तलबमा काम गर्ने कामदाहरु मारमा परिरहेका छन् । उनीहरुलाई सहयोग गर्ने उद्देश्यले रजनीकान्तले उक्त रकम डोनेसन गर्न लागेका हुन् ।

भारतमा कोरोना भाइरसको स्थिति गम्भीर हुँदै गइरहेको अवस्था छ । संक्रमितको संख्या ५ सय नाघिसकेको छ । १४ दिनमा संक्रमणले १० जनाको मृत्यु भइरसकेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार