आईएमई लाइफ इन्स्योरेन्सद्वारा राष्ट्रिय क्रिकेट खेलाडीलाई २५ लाखको जीवन बीमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा राष्ट्रिय क्रिकेट खेलाडीलाई २५ लाखको जीवन बीमा


आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले टी-२० क्रिकेट टोलीलाई २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ ।

शुक्रवार नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद अवसरमा कम्पनीले २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरूप खेलाडीहरूलाई सो जीवन बीमा प्रदान गर्ने जनाएको छ ।

इन्स्योरेन्सले ‘टी–२० विश्वकप फाइनल एशिया’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण २० खेलाडीहरूलाई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने बताएको छ ।

राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको इन्स्योरेन्सले जनाएको छ ।

शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ।

Logo