कोहलीको कीर्तिमानी शतकमा दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य

कोहलीको कीर्तिमानी शतकमा दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य


विराट कोहलीको कीर्तिमानी शतकमा आयोजक भारतले आइसिसी विश्वकप २०२३मा दक्षिण अफ्रिकालाई बलियो लक्ष्य दिएको छ । 

कोलकाताको इडेन गार्डेन मैदानमा टस जितेर ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट ३२६ गुमाउँदै रन जोडेको हो । भारतका लागि कोहलीले सानदार शतकीय इनिङ खेले । उनको यो ४९औं ओडीआई शतक हो । ३५ औँ वर्षमा पाइला टेकेकै दिन उनले सर्वाधिक शतक प्रहार गर्ने सचिन तेन्दुल्करसँगको रेकर्ड बराबरी गरेका हुन् । १२१ बलको सामना गरेका उनले १० वटा चौकाकाे मदतमा १०१ रन जाेडे ।  

Logo