#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व81869939784605718173197
नेपाल5041

कोरोना भाइरसबाट विश्वभरि २१ हजार २९३ को निधन, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा ।
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहिबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ९३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संघठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि चार लाख ७१ हजार ३ सय ११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३ सय ७१ व्यक्तिले हाल उपचार गराइ रहेका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५ सय ३ जनाको निधन भएको छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेका छन् भने नौ हजार ३ सय ६२  उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६ सय ४७ जनाको निधन भएको छ । हाल ४९ हजार ५ सय १५ जना सङक्रमित रहेका छन् । बिहिबार प्राप्त एक समाचारका अनुसार पाँच हजार ३ सय ६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ८७ जनाको निधन भएको छ भने ८१ हजार २ सय ८५ जना सङ्क्रमित रहेका छन् । चीनबाट बिहिबार प्राप्त एक समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको निधन भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २ सय ६ व्यक्तिको निधन भएको छ । हाल ३७ हजार ३ सय २३ जना सङक्रमित रहेका छन् । यसैबीच तीन हजार ५ सय ४७ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३१ जनाको निधन भएको छ । हाल ६८ हजार ३ सय ६७ जना सङक्रमित छन् भने ३ सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३ सय ३१ जनाको निधन भएको छ । बिहिबार प्राप्त समाचारअनुसार २५ हजार २ सय ३३ सङ्क्रमित रहेका छन् भने ३ हजार ९ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ३१ व्यक्तिको निधन भएको छ । नौ हजार २ सय ४१ सङ्क्रमित भएका छन् । चार हजार १ सय ४४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५३ व्यक्तिको निधन भएको छ । दश हजार ८ सय ९७ सङ्क्रमित भएका छन् भने १ सय ३१ जना उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ६५ व्यक्तिको निधन भएको छ । नौ हजार ५ सय २९ सङ्क्रमित भएका छन् भने १ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ५६ व्यक्तिको निधन भएको छ । ६ हजार ४ सय १२ सङ्क्रमित भएका छन् भने ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३१ व्यक्तिको निधन भएको छ । पाँच हजार ५ सय ८८ सङ्क्रमित भएका छन्  भने ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७८ व्यक्तिको निधन भएको छ । चार हजार ९ सय ३७ सङ्क्रमित भएका छन् भने ५ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा १४ व्यक्तिको निधन भएको छ । तीन हजार ८४ सङ्क्रमित भएका छन् भने ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बंगलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

बिहिबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् । ––रासस/ एपी/ सिन्ह्वा/ एएफपी

सम्बन्धित समाचारहरु

ताजा समाचार