#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083415951958242605956053982
नेपाल145193191685320

‘लक डाउन’बीच सुरु भयो भर्चुअल नाटक महोत्सव, क्वारेन्टाइनमै बसेर हेर्न सकिने

विश्व रङ्गमञ्च दिवसको अवसरमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा भर्चुअल ‘रङ्गमञ्च महोत्सव’को आयोजना गर्ने भएको छ ।
हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक देखाइनेछ । जुन नाटक घरमै बसेर हेर्न र प्रतिक्रिया दिन सकिनेछ ।


‘कोभिड–१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठको भनाई छ ।
महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ ।
उत्सवको पहिलो दिन शुक्रबार केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ प्रस्तुत गरिनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार