#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व552965734716628638662318625
नेपाल6824566112

इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या ६७०

जेनेभा ।
कोरोना भाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको वुहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको निधन भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २ सय ८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २ सय ८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २ सय ८५ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५ सय ३ जनाको निधन भएको छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेका छन् । यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७ सय ३८ को निधन भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६ सय ४७ पुगेको हो । ब्रिटेनका राजकुमार चाल्समा पनि कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ ।

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ । स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ । विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८ सय २ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २ सय ९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभरि कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या ६ सय ७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् । गत मंगलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गरेका थिए । मोदीले भनेका थिए –‘तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ ।’ –रासस /एपी

सम्बन्धित समाचारहरु

ताजा समाचार