#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379551763836645146114164254
नेपाल2555199837517077

महानगरले किटनाशक औषधि छर्किँने काममा दोस्रो दिन पनि निरन्तरता दिँदै (फोटो फिचर)

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले किटनाशक औषधि छर्किँने कामलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्न महानगरले बुधबारदेखि किटनाशक औषधि छर्किँने कामलाई निरन्तरता दिएको हो ।

तीन क्षेत्रलाई आधार मानेर किटनाशक औषधि छर्किँदै आएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । सिमित स्रोत–साधनको उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किँने कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।

उनले भने–‘काम गर्दै जाने क्रममा केही कमजोरी भएका हुन सक्छन् महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै अगाडि बढ्ने प्रयास गछौँ । हामीसँग पनि सिमित स्रोत र साधन छन् काम गर्दै जाँदा कमजोरी हुनसक्छ । विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’

उनले बाटो सफा गर्ने, किटनाशक औषधि छर्किँनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यक ठाउँसम्म पनि पुर्याउने बताए ।

त्यस्तै नगर प्रहरी महाशाखाका प्रमुख धनपती सापकोटाले पनि बुधबारेदेखि तीन क्षेत्रलाई आधार मानेर सुरु गरेको सरसफाई कार्यलाई आज पनि निरन्तरता दिएको जानकारी दिए ।

बिहिबार ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गरिरहेका छन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार