#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18750551705319608560811959624
नेपाल2139060617415156

क्वारेन्टाइन र आइसोलेसनमा किन बस्ने ?

काठमाडौँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हाल मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइन भनेको के हो ? किन जरुरी छ ? आइसोलेसन भनेको के हो ? लगायतका प्रश्नहरु यतिबेला आम नागरिकका लागि चासोका विषय भएका छन् ।

क्वारेन्टाइन र आइसोलेसन अस्पतालमा मात्र नपुग्ने अवस्थामा घर, अस्पताल, होटल, जस्ता ठाउँहरु प्रयोग गर्न सकिन्छ तर जहाँ रहे पनि सर्तकता भने उतिकै आवश्यक हुन्छ । भारतका एक वरिष्ठ डाक्टर लोकेन्द्र दवेले क्वारेन्टाइन र आइसोलेसनका बारेमा स्पष्टसँग  उल्लेख गरेका छन् । डाक्टर लोकेन्द्र दवे भारतका कोरोना कोर्डिनेटर हुन् । उनले दिएका सल्लाह सुझावहरु यस्ता छन् :

क्वारेन्टाइन होम आइसोलेशन कस्को लागि जरुरी छ ?

यस्तो मान्छे जो कोरोना संक्रमित देश, प्रदेश, अथवा शहरबाट आएको छ । ती मान्छे चाहे स्वस्थ नै किन नहोस् तर कोरोना भाइरसले छोएको हुन सक्छ । तिनीहरुलाई नजिकका अस्पतालमा जाँच गर्न आवश्यक छ । कोरोना भाइरस १४ दिनसम्म पनि देखा पर्न सक्छ । त्यसैले त्यस्ता व्यक्तिहरुका लागि घरमा एक आइसोलेशन जरुरी हुन्छ । सम्बन्धित व्यक्तिको घरमा आइसोलेशनको लागि स्थान छैन भने उनीहरु क्वारेन्टाइन सेन्टरमा बस्न सक्छन् ।

घरमा आइसोलेशन भएको खण्डमा के गर्ने ?

  • १४ दिनसम्म त्यही एउटा कोठामा बस्नुपर्ने हुन्छ ।
  • परिवारको व्यक्तिसँग भेट्न चाहेमा २ मिटरको दूरीमा बस्नुपर्ने हुन्छ । क्वारेन्टाइनमा जाँदा मास्क अथवा रुमालले मुख छोप्नुपर्छ ।
  •  साबुन पानीले छिनछिनमै मज्जाले हात धुनु पर्छ ।
  • आफूलाई कोरोनाको लक्षणहरु ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या छ भने तत्काल अस्पताल गएर परिक्षण गर्नु पर्छ ।

होम आइसोलेशनले के हुन्छ?

जो व्यक्ति कोरोना संक्रमित अथवा भाइरसको करियर स्टेजमा छ । त्यस्ता व्यक्तिका लागि होम आइसोलेशनमा बस्नाले भाइरसको संक्रमण ब्रेक हुन्छ ।

परिवार र वरपरका मानिसहरुले के गर्नुपर्छ ?

  • जो व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । उसप्रति दुर्भावना नराख्ने । त्यो हाम्रै राम्रोका लागि हो भन्ने सोच्नु पर्छ ।
  • सम्बन्धित व्यक्तिको मानसिक र सामाजिक रुपमा तिरस्कार नगर्ने । यस्तो व्यवहारले राम्रो गर्दैन ।
  • जसको घरको बाहिर होम क्वारेन्टाइनको बोर्ड लगाएको हुन्छ त्यस्ता फोटोहरु खिचेर सोसियल मिडियाहरुमा पोस्ट नगर्ने ।

यस दौरानमा यो नगर्नुहोस ?
क्वारेन्टाइनमा रहेको व्यक्तिलाई सहानुभूति राख्नुहोस् तर उत्साहमा उसलाई अंकमाल चाहिँ नगर्ने साथै हात पनि नमिलाउनुहोस् । जो शंकास्पद छ उसलाई छुट्टै कोठा खाली गरेर राख्नुहोस् किनकी भाइरस हावाबाट फैलिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार