#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व82541240682610371174359
नेपाल5041

कोरोनाको असर, भारतमा रेलसेवा बन्द

नयाँ दिल्ली ।
करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोना भाइरसको महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ । रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन् । अर्थात प्रत्येक वर्ष ८ अर्ब भन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्याङ्क रहेको छ ।

विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ । प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १ सय भन्दा बढी रेल सञ्चालनमा रहेका छन् । ती रेलहरु ६७ हजार ४ सय १५ किलोमटिर गुडेको पाइन्छ । रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन् । आइतवारबाट रेल सेवा बन्द भएपछि कैयौँ व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए । नयाँ दिल्ली रेलवे स्टेशन सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ । जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन् । प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए ।

भारतभरि कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या ६ सय ७० नाघेको छ । भारतमा बिहिबारसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेका छन् । गत मंगलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारी रहने घोषणा गरेका थिए ।–रासस/एपी

सम्बन्धित समाचारहरु

ताजा समाचार