#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21385143764067645334614167730
नेपाल26019102871617201

प्रदेश नं. २ मा २५ करोडको राहत कोष स्थापना

जनकपुर ।

प्रदेश नं .२ सरकारले कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन २५ करोडको राहत कोष स्थापना गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले उक्त कोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

उक्त राहतकोषमा सहयोग गर्न समाजिक सङ्घसंस्था, प्रदेशका व्यापारिक घरानाका साथै इच्छुक व्यक्तिलाई समेत आह्वान गरिने उनले बताए । बैठकले कोरोना भाइरस नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी ‘उच्चस्तरीय निर्देशन समिति’ गठन गरेको छ ।

त्यस्तै, महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयको सचिव रहने गरी ‘विशेष कार्यकारी समिति’ गठन गरिएको छ । सो विशेष कार्यकारी समितिलाई मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुका साथै विशेष परिस्थितिका लागि व्यवस्था गरिएका खरिद नियमावली बमोजिम आवश्यक सामग्रीको खरिद गर्न पाउने निर्णयसमेत गरेको छ ।

बैठकले प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना सम्बन्धी जाँच गर्न प्रयोगशालाको स्थापना गर्ने निर्णयसमेत भएको प्रवक्ता यादवले जनाए । बैठकले लकडाउनका कारण समस्या परेका गरिब जनताका लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने निर्णयसमेत गरेको छ ।रासस

सम्बन्धित समाचारहरु