अध्यक्ष भण्डारीकाे प्रश्नः ऋण तिर्ने नाममा सरकारले उपभोक्ताको घाँटी रेट्ने ?

अध्यक्ष भण्डारीकाे प्रश्नः ऋण तिर्ने नाममा सरकारले उपभोक्ताको घाँटी रेट्ने ?


उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सरकारले ऋण तिर्ने नाममा उपभोक्ताको घाँटी रेट्ने काम गरेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सरकारले ऋण तिर्ने नाममा उपभोक्ताको घाँटी रेट्ने काम गरेको भन्दै देशको रक्षा गर्ने हो भने उपभोक्ताको जिउज्यान, स्वास्थ्य र सम्पत्तिको संरक्षणमा राज्य जिम्मेवार हुनुपर्ने बताए । 

उनले भने, ‘ऋण तिर्ने भन्दैमा उपभोक्ताको घाँटी जसरी पनि रेटीरेटी तिराउने ? कि संविधानमा मौलिक हकमा पनि हटाइदिऔं । मागेर चल्ने देश मागेरै चल्न दिऔं नत्र देशको रक्षा गर्ने हो भने हामी उपभोक्ताको जिउज्यान स्वास्थ्य र सम्पत्तिको संरक्षणमा राज्य जिम्मेवार हुनुपर्छ ।’

उनले अहिले सरकारको राजनीतिको प्रभावमा बजार संरक्षित रहेको रहेको टिप्पणी गरे ।

Logo