#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व80926039563597180172517
नेपाल5041

निर्देशन पालना गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेको आग्रह

काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अधिकतम सावधानीको उपाय अपनाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गरेका हुन् ।

लकडाउन अटेर गर्ने १७१ मोटरसाइकल, तीन मिनीट्रक, १२ स्कुटर, चार वटा कार, एक स्कारपियो, चार साइकल र दुई व्यक्तिलाई कारवाही गर्नुपरेको उल्लेख गर्दै अब त्यस्तो नगर्न प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले निरन्तर जिल्लाको विभिन्न स्थानमा लकडाउनको अनुगमन गरिरहेको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार