#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व615337037087030479522734548
नेपाल140161176219

पाल्पामा ११८ बेडको क्वारेन्टाइन

पाल्पा ।

जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शैयाको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । उनले विदेशबाट आएका नागरिकलाई अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गरे । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटिनेछन् ।

क्वारेन्टाइन निर्माणमा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता श्रेष्ठ, अधिकृत यादव अर्याल, स्वास्थ्य क्षेत्रका कर्मचारी र स्थानीय बासिन्दा खटिएका छन् । कोरोना भाइरसको जोखिम रहेकाले तत्कालका लागि १० शैयाको क्वारेन्टाइन स्थल निर्माण गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले अझै बिस्तार गरिने जानकारी दिए ।

यसैबीच तानसेन, रामपुर, माथागढी, रम्भा, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा क्वारेन्टाइनका लागि शैया तयार भएको छ । तानसेन नगरपालिका बर्तुङ्स्थित जनप्रिय माविमा १५ शैया तयार भएको छ । रामपुरको बालकल्याण प्राविमा २० शैयाको क्वारेन्टाइन तयार भएको छ । जिल्लाकै बगनासकाली गाउँपालिकाको चापपानीस्थित चन्द्र माविमा २० शैयाको क्वारेन्टाइन बनेको छ । माथागढी गाउँपालिका–३ सराईस्थित दिव्यज्योति नमूना माविमा १५, रम्भाको ताहुँस्थित रम्भा माविमा ५० र रिब्दीकोट गाउँपालिकाको कुसुमखोलास्थित सरस्वती माविमा १८ शैयाको क्वारेन्टाइन तयार भएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार